सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।प्रहरी प्रधान कार्यालयमा प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रचण्ड निवासमा प्रचण्डसहित ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।
अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण नदेखिएको तर, गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए
।








