नेपालमा हालसम्म ७३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
उनका अनुसार थप ३ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
आज पुष्टि भएका मृतकमा दुई पुरुष र एक महिला छन् ।
योसँगै कुल मृतकमध्ये ५८ पुरुष, १४ महिला र १ शिशु छन् ।
कुल मृतकमध्ये तीनजना विदेशी छन् ।
उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।








