आइतबार काठमाडौंमा ९२ जना सहित ३८० कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ८० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

यसै बिच काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

आज २४ घन्टामा ४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म २२ हजार ३ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : श्रावण २५, २०७७ आइतबार  १२ : १७ बजे