मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौधरी फाउन्डेसनद्वारा स्वास्थ्यमन्त्री ढकाललाइ ८ वटा भेन्टिलेटर हस्तान्तरण



चौधरी फाउन्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोगअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाइ लाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

विपतका बेला सधैं समाजसँग सहकार्य गर्ने निती अनुसार सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी मुलुकभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन९५ मास्कसँगै सरकारलाई १००० थान पीसीआर रिएजेन्ट सहयोग गरिसकेको पनि फाउन्डेसनले जनाएको छ ।

कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक सामाग्रीहरुर सहयोग गर्न पाउनु सन्तोषको बिशय भएको फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : २७ बजे