पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।
तेस्तै आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आज १७१ जना संक्रमणमुक्त भएको डा । गौतमले जानकारी दिए ।








