सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा शव भेटिएको छ ।
परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।








