कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु



कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

देशमा महामारीको खतरा झन् बढेको छ ।

आज मृत्यु हुनेहरुमा ६ पुरुष र दुई महिला छन् ।

पुरुषहरु धादिङ, धनुषा, सप्तरी मोरङ, कपिलवस्तु र बाराका हुन् । महिलाहरु काठमाडौं र धनुषाका हुन् ।

आजसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७१ पुरुष, १९ महिला र १ शिशु छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  १२ : ५६ बजे