आइतबार एकैदिन काठमाडौं उपत्यकामा १७२ सहित ६४१ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ सय ४१ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

यसै बिच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले बताए।

उनका अनुसार आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार  १० : ४८ बजे