डा.केसी भदौ ११ बाट पुुनः अनसन बस्ने



डा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने भएका छन्।

साउन ११ गते तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका डा केसीले थप १० दिन सत्याग्रह स्थगन गरेका हुन्।

त्यस अवधिभित्र पनि माग सुनुवाइ नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा उनले गरेका छन्।

यसबीचमा गाउँमा स्वास्थ्य सेवा दिन जाने उनले बताए। हाल उनी जुम्लामा रहेका छन् ।

प्रकाशित मिति : भदौ १, २०७७ सोमबार  ९ : ३७ बजे