मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई गाउँबीच झडप, वडा अध्यक्षसहित एक दर्जन घाईते



बारा सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ११ भगवानपुर र आर्दशकोलतवार गाउँपालिका वडा नम्बर ६ पटेर्वामा पैनीको बिषयलाई लिएर सोमबार झडप भएको छ। भगवानपुरका केही स्थानीयले पैनी बाधेर माछा मारेको कारणले गाउँ नै डुबानमा पर्ने भन्दै पटेर्वाका वडा अध्यक्ष सहितले बाधा नबाध्ने निउमा झडक भएको हो।

झडपमा परि आर्दश कोलवाल गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्षसहित एक दर्जन घाईते भएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले झडपमा परि आर्दश कोलवाल गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष मधुसुदन कलवार सहित दुबै पक्षका गरेर एक दर्जन जति घाईते भएको बताएका छन्।

घरेलु हतियार बोलेर भगवानपुर र पटेर्वाका स्थानीयहरु झडक गर्न शुरु गर्दा स्थिती तनावपुर्ण बनेको मिश्रले बताए। तनावपुर्ण स्थितीलाई नियन्त्रणमा लिनको लागि बाध्य भएर १३ राउन हवाई फायर र छ राउण्ड आश्रुग्यास प्रहार गर्नु परेको मिश्रले बताए।झडपलाई समयमै नियन्त्रणमा लिएको कारणले धन जनको कम क्षति भएको उनले बताए।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : ०७ बजे