चितवनमा दुई महिलासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ४२ जना शसस्त्र प्रहरी रहेका छन् ।
जिल्लास्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा सङ्क्रमणा पुष्टी भएको हो ।
पूर्वीचितवनमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।








