पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएका छन ।
एकै दिन एक हजारभन्दा बढी संक्रमित थपिएपछि त्रास बढेको छ । अलिहेसम्म कुल संक्रमितको सख्या २८ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज ८५ जना संक्रमणमुक्त भएको डा । गौतमले जानकारी दिए ।








