काठमाडौं उपत्यकामा १८२ सहित ८३८ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ सय ३८जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए।

तेस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १८२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए

आजसम्म १८ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज २५० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार  ११ : १३ बजे