मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि



मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । उहाँको कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख यादवको भनाइ छ ।

योसँगै सिरहामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि सिरहाको गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका­१ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ४१ बजे