मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ वर्षभन्दा माथिकाले मास्क लगाउनु पर्छ— विश्व स्वास्थ्य संगठन



कोरोना संक्रमणबाट जोगिन १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकाले मास्क प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिका, किशोरकिशोरीसहितले मास्क लगाउनु पर्ने उल्लेख छ।

बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ।

डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने जनाएको छ।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख दुई हजार सात सय भन्दा बढीको ज्यान भएको छ। संक्रमित हुनेको संख्या दुई करोड ३१ लाख २१ हजार भन्दा बढी पुगेको छ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : १३ बजे