काठमाडौंमा २२४ जना सहित ७ सय ४३ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २२४ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल संक्रिय संक्रितको संख्या १३ हजार ७ सय १५ छ भने ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन्। ४५६१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार  १० : ४५ बजे