मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हालसम्म २० जना सङ्क्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार



हालसम्म २० जनाको प्लाज्मा थेरापी विधिबाट उपचार भई निको भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म २० जनाको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएको जानकारी दिए।

नेपालमा कोभिडको उपचारमा कन्भालसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने क्रम बढेको छ। कोरोना संक्रमण भई निको भएका व्यक्तिले दान गरेको प्लाज्माबाट कोभिडका गम्भीर बिरामीलाई उपचार गरिएको छ।

उनका अनुसार हालसम्म २० देखि ५९ वर्षका २० जना, बुटबलमा २, अन्य २ र धरानमा एक जना गरी हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : २२ बजे