मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना सहित १०६९ कोरोना संक्रिमत थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

यसैबिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

आजसम्म २२ हजार ८८ जना संक्रमणमुक्त भएका छन् । आज ७६८जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : ४९ बजे