२४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना सहित १०६९ कोरोना संक्रिमत थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

यसैबिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

आजसम्म २२ हजार ८८ जना संक्रमणमुक्त भएका छन् । आज ७६८जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार  १० : ४९ बजे