मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु



वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर गाउँपालिका–२ पर्साका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे उनको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो । उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृत्यु भएको डाक्टर सिंहले बताए

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : २२ बजे