मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशमा ३६ जना कोरोना संक्रमित थपिए



गण्डकी प्रदेशमा आइतबारमात्रै ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहान ७ः५० बजे र ९ बजे गराइएको जानकारी अनुसार कास्कीमा छ जनासहित गण्डकीमा ३६ जना संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १, ५ , ६, ९, १६, २६ मा एक–एक जना संक्रमित थपिएका हुन् । यस्तै लमजुङमा १७ जना संक्रमित थपिएका छन् । जसमा १६ जना नेपाली सेनामा कार्यरत छन् ।

यता, स्याङ्जामा चार, नवलपरासी पूर्वमा आठ र तनहूँमा एक जना संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या २९ सय ३५ जना पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

अहिलेसम्म गण्डकीमा २३ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ३१ बजे