डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त



डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय सरकारले गरेको छ।

खतिवडाले केही दिन अघी मात्रै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

डा. खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।

प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार  १ : ०३ बजे