१५ सय ३९ जना संक्रमित थपिए , ५७ हजार नाघे संक्रमित



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १५ सय ३९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म ४१ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ६८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार  १० : ४८ बजे