आफुलाई मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ



आफुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भएको दाबी गर्दै आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पेरिसडाँडास्थित नेकपा कार्लयबाट उनलाउ प्रहरिले नियण्त्रणमा लिएको हो ।

नेकपाको जारी सचिवालय बैठकमा नेताहरुलाई भेट्नु छ, भन्दै प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेको छ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिइन् ।

तर गत बिहीबार अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै उनले मुद्दा फिर्ता लिएकी थिइन्

प्रकाशित मिति : आश्विन ४, २०७७ आइतबार  ८ : ३२ बजे