मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीका माग पुरा गर्न माग गर्दै चिकित्सकहरुको धर्ना



डा गोविन्द केसीको समर्थनमा टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुले आइतबार सरकार बिरुद्द धर्ना दिएका छन्।

आइतबार अस्पताल परिसरमा चिकित्सकहरुले धर्ना दिँदै अनसनरत डा केसीको माग पूरा गर्न सरकारलाई दबाब दिएका हुन्।

चिकित्सकहरुले ‘डा केसीको माग पूरा गर’, ‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर’, ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘हिजोको सम्झौता कता गयो ?’, ‘लुटतन्त्र बन्द गर’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

डा केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन सुरु गरेका थिए। यो उनको १९औं अनसन हो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ३५ बजे