आज बडादशैंको छैटौं दिन कात्यायनीको पूजा गरी दशैं मनाइदै छ।
महर्षि कात्यायनको तपस्याबाट प्रशन्न भई आदि शक्तिले उनको घरमा पुत्रीको रुपमा कात्यायनीले जन्म लिएकी थिइन् । त्यसैले उनी कात्यायनीबाट चिनिएकी हुन् । स्कन्द पुराणमा कात्यायनी परमेश्वरको नैसर्गिक क्रोधबाट उत्पन्न भएकी बताइएको छ ।
नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।
माता कात्यायनीको वाहन सिंह हो । सिंहमा आसन लिएरै कात्यायनीले महिषासुरको वध गरेकी थिइन् ।
आज काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।








