आज दशैंको छैटौं दिन कात्यायनी देबिको पूजा गरी मनाइदै



आज बडादशैंको छैटौं दिन कात्यायनीको पूजा गरी दशैं मनाइदै छ।

महर्षि कात्यायनको तपस्याबाट प्रशन्न भई आदि शक्तिले उनको घरमा पुत्रीको रुपमा कात्यायनीले जन्म लिएकी थिइन् । त्यसैले उनी कात्यायनीबाट चिनिएकी हुन् । स्कन्द पुराणमा कात्यायनी परमेश्वरको नैसर्गिक क्रोधबाट उत्पन्न भएकी बताइएको छ ।

नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

माता कात्यायनीको वाहन सिंह हो । सिंहमा आसन लिएरै कात्यायनीले महिषासुरको वध गरेकी थिइन् ।

आज काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  २ : ४१ बजे