हैदरावादसँग बैंगलोर पराजित



१३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादसँग रोलयल्स च्यालेन्जर्स बैंगलोर पराजित भएको छ ।

शनिबार भएको खेलमा हैदरावादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । शारझाँ क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १२१ रनको लक्ष्य हैदरावादले १४ ओभर १ बलमा ५ विकेट गुमाउँदै १२१ रन बनाएको हो ।
हैदरावादका लागि वासिन्टन सुन्दरले सर्वाधि ३९ रनको योगदान गरे । तयस्तै मनिस पाण्डे र जेसन होल्डरले समान २६–२६ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहालले सर्वाधिक दुई विकेट लिए । त्यस्तै वासिन्टन सुन्दर, नवदिव शैनी र इस्रु उडानाले समान एक–एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो । बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै एबी डिभिलियर्सले २४ रन बनाउँदा वासिन्टन सुन्दरले २१ रन बनाए ।बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा र जेसन होल्डरले समान दुई–दुई विकेट लिए । त्यस्तै नटराजन, साजव नदिम र राशिद खानले समान एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै हैदरावादले शीर्ष चारमा आफूलाई स्थापित गरेको छ । लिगमा १३ खेल खेलेको हैदरावादले १२ अंक जोड्दै आफूलाई प्लेअफका लागि बलियो बनाएको छ ।
पराजित बैंगलोर पराजित भएसँगै प्लेअफमा पुग्ने अवसरलाई गुमाएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार  ३ : ०८ बजे