पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २८ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ३८६ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
आज ३६ सय २० जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










