पछिल्लो २४ घण्टामा २८ सय १७ जना संक्रमित थपिए , २१ जनाको मृत्यु भएको छ ।



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २८ सय १७ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

आज २८ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  १२ : १६ बजे