मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश समितिले नविनतम सोच सहितको अवधारणालाई प्रोत्साहन गर्दै



नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारिणी समितिले इन्जिनियरिङ क्षेत्रबाट चार वटा नविनतम सोच सहितको अवधारणालाई प्रोत्साहन गर्दै “ने ई ए  बागमती इनोभेसन सपोर्ट २०७७” प्रदान गर्ने भएको छ ।

आव्हान गरिएको प्रस्तावमा आवेदकहरुको प्रस्ताव, अनुसन्धानको डिजाइन र सम्भाव्यता, अपेक्षित परिणामको महत्व, अनुसन्धानरप्रोडक्ट, एकेडेमिक क्वालिफिकेसन, अनुसन्धान अनुभव र प्रस्तुतिकरणबाट प्राप्त भएको उच्चतम अंकका आधारमा इनोभेसन सपोर्ट प्रदान गर्न एशोसिएसन अन्तर्गतको नवप्रवर्तन पुरस्कार छनौट समितिबाट सिफारिस भएको हो । सात सदसिय नवप्रवर्तन पुरस्कार छनौट समितितर्फ ने।ई।ए। बागमती प्रदेशका सभापति ई नन्दलाल बन्जाडे, टेक्निकल कमिटीका संयोजक डा नारायण चौलागाईं, सदस्य सचिव ई।

सुरज गौतम, इन्फ्रास्ट्रक्चर प्लालिङ कमिटीका संयोजक आ ब्रिन्दा श्रेष्ठ, सदस्य सचिव ई. मदन खकुरेल र रिसर्च एण्ड डेभलप्मेन्ट कमिटीको संयोजक ई. देउकाजी गुरुङ, सदस्य सचिव ई.सरोज कुमार कार्की रहेका छन । प्राप्त सिफारिसका आधारमा ने.ई.ए. बागमती प्रदेश कार्यकारिणी समितिले मिति २०७७ मङ्सिर १० गतेको निर्णय बमोजिम नतिजा प्रकाशित गरेको छ ।

सो नतिजा अनुसार चारवटा प्रस्ताव, “ओभरभिउ अफ आइ।वो।टि। बेस्ड क्लोज्ड एन्भार्मेण्ट हाइड्रोपोनिक्स सिस्टम”, “फर्टिलाईजर स्प्रेयर विली”, “फेब्रिकेसन एन्ड अनलाइसिस अफ मेकानिकल कोम्पटिबिलिटी अफ सेलुलोज न्यानो क्रिस्टल रि(इन्फोर्स्ड पोली युरेथेन कम्पोजिट फर ओर्थोपेडिक इम्प्लान्ट” र “एग्रिकल्चर सप्लाई चेन( आइ।टि। इन्टिग्रेसन” सिफारिस हुन सफल भएका छन भने अन्य ३ प्रस्तावहरु बैकल्पिकमा परेको छ ।

इन्जिनियरिङ क्षेत्रको व्यवहारिक ज्ञानसँगै नवीनतम सोचलाई प्रोत्साहान गर्दै मूलतः प्रविधि विकास र तथ्यमा आधारित नीति निर्माण एवं कार्यमूलक अनुसन्धानमार्फत समाजमा विद्यमान समास्याहरूको पहिचान गर्न सघाउ पुर्याउने उद्देश्यले यो पुरस्कारको आयोजना गरेको नेईए बागमती प्रदेश कार्यकारिणी समितिका सदस्य तथा नेईए बागमती नवप्रवर्तन पुरस्कार २०७७ का सदस्य सचिव सुरज गौतमले बताए । उनले भने, ‘यसले आगामी दिनमा अनुसन्धानलाई अझ प्रोत्साहन गर्नेछ ।’
एशोसिएसनले असार १३ गते प्रथम पटक प्रकाशित सुचनामा २१ दिनको समय राखिएकोमा लकडाउनको प्रतिकुल अवस्था सँगै ईन्जिनियर र आर्किटेक्टहरुको अनुरोधलाई मध्यनजर गर्दै प्रस्ताव आव्हान गर्ने मिति श्रावण २८ सम्म थप गरेको थियो । प्राप्त आव्हानहरु मध्ये १२ वटा प्रस्ताव प्रस्तुतिकरणमा सहभागी भएका थिए । सो प्रस्तुतिकरणको मुल्याङ्कनका लागि ९ सदसिय निर्णयाक मन्डल गठन भएको थियो भने सो प्रस्तुतिकरण फेसबुक पेजमार्फत लाईभ समेत गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : २९ बजे