सिडेन निर्वाचनमा ई. थानी हावी



प्रमुख प्रतिपक्ष दल नेपाली कांङ्गेसको शुभेच्छुक संस्था Centre For Democratic Engineers’ Nepal (CDEN) को पाैष ४ गते छैठाै कार्यसमितिका लागि हुन गईरहेको निर्बाचनका लागि प्रारम्भिक नामावलि सार्बजनिक भएको छ।

जस अनुसार अध्यक्ष पदमा ई.उमेश प्रसाद थानी र ई. ध्रुब थापाको उमेद्वारि परेको छ।

पार्टी सभापति देउबा निकट रहेका ई. थानीका प्रस्ताबक ई. रोसन देव र समर्थक ई. भेषराम पोख्रेल रहेका छन भने पौडेल समुहबाट उम्मेदवारी दिएका ई. थापाका प्रस्ताबक ई.शंकर पन्डित रहेका छन र पाचौं कार्यसमितिको निर्बाचनमा देउवा समुहबाट अध्यक्षमा उम्मेद्बारी दिइ पराजय भोगेका ई.मुकेश काफ्ले देउबा समुह छोडि ई.थापालाइ समर्थन गरेका छन।

पाचाै कार्यसमितिका लागि भएको निर्बाचनमा,प्रस्ताबक पण्डितले समर्थक काफ्लेलाई लोडसेडिङको मतियारा , अध्यारोका नाईके जस्ता आरोप लगाएका थिए।त्यसैले यस निर्बाचनको समिकरणलाई अश्वभाभिक समिकरणको रुपमा हेरिएको छ।

यस्तै उपाध्यक्षमा सुर्य बहादुर पाण्डे , मन्दिप सुबेदि र धनेन्द्र केसिले उमेद्वारि दिएका छन्।महासचिबमा प्रेम चन्द्र राय र रोशन राज गिरिको उमेद्वारि रहेको छ।महासचिवको उम्मेद्वार ई. राय गगन प्रदिप समुहसंग अत्यन्त निकट रहेर लामोसमयदेखि काम गरिरहेका छन।

उप- महासचिबमा हरि नारायण राय यादब ,सरोज धिताल ,सुमन पुडासैनि र बिरेन्द्र खड्काको उमेद्वारि परेको छ।

कोषाध्यक्षमा बिनोद बहादुर पाल, श्याम दाहाल र काैशल केसिले उमेद्वारि दिएका छन्।त्यस्तै १८ सदस्य पदका लागि २९ जनाको उमेद्वारि परेको छ।नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुको लामो समयदेखि अधिबेशन नभैरहेको अवस्थामा हुन लागेको इन्जिनियरहरुको निर्बाचनले पार्टीका नेताहरूबाट चासोसाथ हेरिएको छ।

प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार  ६ : ५३ बजे