अन्नपूर्ण चिनी मिलका मालिक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती प्रभा अग्रवाललाई पक्राउ गरेको छ ।
सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो ।
उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो ।