पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय ४२ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










