२४ घण्टामा ७ सय २२ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय २२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ४५ हजार ७ सय ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार  ११ : २९ बजे