मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री साहकाे गाडी भाग्यो, घाईतेको उपचार हुँदै



सहरी विकास मन्त्री प्रभु साह चढेको गाडीले सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ ।

पूर्वपश्चिम राजमार्गको हरिवनमा मन्त्री साह चढेको ना १ झ ३८४२ नं. को गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुरका अन्दाजी ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले बताए।  राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । ‘मन्त्री ज्यू चढेको जीपले ठक्कर दिएको रहेछ’, राठौरले भने, ‘दुर्घटनाबारे माथि जाहेर गरिसक्यौं,कम्मर र खुट्टामा चोट लागेका घाइतेको हरिवनमा उपचार भईरहेको छ ।’ घाइते तामाङको कम्मर र खुट्टामा सामान्य चोट लागेको छ ।

जीपले पौने १२ बजेतिर पैदल यात्रुलाई ठक्कर दिएको हो । मुलुकको मन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाईतेको उद्धार लगायतमा सहभागि हुनुको सट्टा फरार भएर मानवीय संवेदना समेत नदेखाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।ु

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १२ : ३९ बजे