मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौमा अत्यधिक वायु प्रदुषण : बाहिर निस्क्दा सावधानी अपनाउन आग्रह



काठमाण्डौमा एकाएक वायु प्रदुषण बढेपछी वातावरण विभागले बालबालिका, रोगी, ज्येष्ठ नागरिक तथा विशेष गरी स्वासप्रस्वास सम्बन्धी रोग भएका व्यक्तिलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स (एक्यूआई) ४०२ छ ।

गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।

विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेकाले त्यो समयमा घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन बिभागल्र अनुरोध गरेको हो ।

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगरलगायत ठूला शहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले तराई क्षेत्रका सर्वसाधारणलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १ : १३ बजे