बिहिबार ४ सय १२ संक्रमित थपिए ,४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय १२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ

आजसम्म २ लाख ५६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आज ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : पुस २३, २०७७ बिहिबार  ११ : ०९ बजे