विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार



काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ ।

मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आईतवार आयोजित कार्यक्रममा कुकुरको पूजा गरि उनीहरुको कला कौशल समेत प्रश्तुत गरिएको हो ।

प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए ।

सिमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताए।

प्रकाशित मिति : कार्तिक २२, २०८३ आइतबार  १ : १३ बजे