२४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ५४ जना संक्रमित थपिएका छन्

योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

आज २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार  ११ : ०२ बजे