२४ घण्टामा ४ सय ८८ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय ८८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५८ हजार ९ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस २७, २०७७ सोमबार  १२ : ०८ बजे