२४ घण्टामा ४ सय ४५ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस २९, २०७७ बुधबार  ११ : ३२ बजे