२४ घण्टामा २६६ जना संक्रमित थपिए,पाँचको मृत्यु



पछिल्लो २४ घण्टामा २६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।

तेस्तै पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ५९ पुगेको छ ।

यस्तै आईतबार थप ४०० जना कोरोना संक्रमणबाट निको भएरसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  १२ : ४९ बजे