२४ घण्टामा ३ सय ३६ जना संक्रमित थपिए,४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ३६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ६ सय ४६पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २२६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ पुगेको जनाएको छ।

प्रकाशित मिति : माघ ८, २०७७ बिहिबार  १० : ५६ बजे