२४ घण्टामा ३ सय २ संक्रमित थपिए,७ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय २ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।

आज ४८० जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ६३ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार  १० : ४७ बजे