रक्तश्राव नरोकिएपछि सुत्केरीको हवाई उद्धार



नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ ।

अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार  ४ : ०० बजे