२ सय ७० संक्रमित थपिए, ७ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ४०३ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ६४ हजार १ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार १ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

 

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  ११ : १९ बजे