पश्चिमी वायुको प्रभाव,आज पनि देशभर आंशिक बदली



हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका प्रदेश न ।१, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न । १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ४ : १४ बजे