पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
तेस्तै पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा २ हजार ११ जना पुगेको छ ।










