घट्न थाल्यो कोरोना संक्रमण : २४ घण्टामा १५७ मात्रै संक्रमित



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५७ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३३३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ६ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ ।स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्बजनिक गर्ने तथयाङ्क अनुसार नेपालमा कोरोना भाइरसको सङ्क्रमण घटेको देखिएको हो ।

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  १० : ३६ बजे